ल हेर्नुहोस्, ओलीकै पालामा यसरी भएको थियो 'एसपीपी' सम्झौता - Himal Post Himal Post
  • ३० कार्तिक २०८२, शनिबार
  •      Sat Nov 15 2025
Logo

ल हेर्नुहोस्, ओलीकै पालामा यसरी भएको थियो ‘एसपीपी’ सम्झौता



काठमाडौँ- हाल नेपालमा निकै विवादित बनेको ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’ सम्झौताका लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृति दिएको भेटिएको छ । ओली पहिलोपटक २०७२ सालमा ओलीले सरकारको नेतृत्व गरेकै बेला अमेरिकालाई पत्राचार गरेको खुलेको छ ।

२०७२ सालमा ओली प्रधानमन्त्री भएको बेला नेपाली सेनाका प्रधानसेनापति रविन्द्र क्षेत्रीले अमेरिकासँग ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसपीपी)’ सम्झौताका लागि पत्राचार गरेको देखिएको छ ।

तत्कालिन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित तत्कालिन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई औपचारिक पत्राचार गर्दै नेपाल सरकारको तर्फबाट एनजीएसएसपी कार्यक्रममा सामेल हुन इच्छुक रहेको स्पष्ट पारेको तीन बुँदे पत्रको पहिलो बुँदामा उल्लेख गरिएको छ ।

दोस्रो बुँदामा भने यस कार्यक्रममा सहभागी हुँदा यसले दीर्घकालिन तथा दुई पक्षलाई नै फाइदा पुग्ने गरी सुरक्षा सम्बन्ध मजबुत हुनुका साथै सैन्य कुशलता तथा अनुभव आदानप्रदानमा सहयोग पुग्ने तथा सुरक्षा ज्ञान आदानप्रदान गर्न मद्दत पुग्नुका साथै सुरक्षा समन्वयमा थप क्षमता वृद्धि हुने छ ।

यस कार्यक्रमले दुवै पक्षको चाहना रहेको प्रकोप प्रतिकार्य तयारी तथा व्यवस्थापन, वायुसेवा पूर्वाधार व्यवस्थापन र सुरक्षा आदानप्रदान र संवेदनशिल पूर्वाधार विकासका साथै नेपाली सेनाका अधिकारीहरुको व्यवसायीकरण र विकासमा सहयोग पुग्नेछ ।

तेस्रो बुँदामा भने नेपाली सेना यस कार्यक्रमका लागि तत्पर रहेको हुँदा नेपालस्थित अमेरिकी दूतावासलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ ।

यो पत्र सम्बन्धमा नेपाली सेनाले अध्ययन गरिरहेको बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सार्वजनिक भएको पत्रबारे अध्ययन भइरहेको र सबै बुझेपछि प्रतिक्रिया दिने बताइएको छ ।