प्रधानमन्त्री ओली यसकारण जाँदैछन् सिङ्गापुर - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

प्रधानमन्त्री ओली यसकारण जाँदैछन् सिङ्गापुर



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुर जाने भएका छन् । पछिल्लो समय स्वास्थ्यमा केही प्रतिकुलता झेलीरहेका ओलीलाई सिङ्गापुर लैजाने तयारी भइरहेको चिकित्सकहरूले बताएका छन्।

प्रधानमन्त्रीका सचिवालयका अनुसार नियमित परीक्षणका लागि सिङ्गापुर जान लागेको बतइएको छ। ‘कामको चापले समय/सयममा गर्नुपर्ने परीक्षणलाई पनि समय मिलाउँन सक्नुभएको थिएन,’ अर्यालले भने, ‘अब जाने कुरा भएको छ।’

बालुवाटार स्रोतका अनुसार स्वास्थ्य थप जटिन नबने १८ गते (शनिबार) ओली सिङ्गापुरतर्फ जाने छन्।

औपचारिक निर्णय भने भइनसकेको र मंगलबार दिउँसोसम्म विज्ञाप्तिजारी गरेर सबै कुरा स्पष्ट पारिने जनाइएको छ । ‘मिर्गौंला प्रत्यारोपण गरेको मान्छेले नियमति जाँच त गर्नैपर्छ,’ उनले भने, ‘त्यसैका लागि हो, नयाँ केही समस्या भएर होइन।’

उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले केही दिनअघि रगतमा चिनीको मात्रा र मुटुको चालमा केही गढबडी देखिएपछि अहिले खासै समस्या नभएको बताए। ‘नियमितभन्दा उहाँलाई केही बढी आराम चाहिएको हो, डा. सायमीले भने, ‘एकपटक नियमित जान गर्न जाने कुरा छ।’

१२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा बेला–बेला साना/ठूला स्वास्थ्य समस्या देखापर्ने गरेका छन्। विहीबार तिलगंगा आँखा प्रतिष्ठानको कार्यक्रममा सहभागी हुँदा नै असहज भएपछि उनी कार्यक्रमलाई संवोधन गरेर छिट्टै हिडेका थिए। फेरी शनिबार गंगालाल अस्पतालको भवन उद्घाटन कार्यक्रममा सहभागी हुँदा उनले स्वास्थ्यमा समस्या आएको तर अस्थायी भएको बताएका थिए।

शनिबार ओलीको वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्यय जाँच गर्दा सुगरको मात्रा बढेको देखिएको थियो।

आइतबार वीर अस्पतालको वार्षिक उत्सवलमा स्वास्थ्यकै कारण तय भएको कार्यक्रममा अन्तिम समयमा अनुपस्थित भएका ओली सोही दिन भारतीय राजदुत सहभागी उद्योग क्षेत्रको कार्यक्रममा भने सरीक भएका थिए।