स्वास्थ्य परीक्षण गर्न सिंगापुरको सरकारी अस्पतालमा जादै ओली - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

स्वास्थ्य परीक्षण गर्न सिंगापुरको सरकारी अस्पतालमा जादै ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जाने भएका छन् ।आज राति सिङ्गापुर जान लागेका उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा स्वास्थ्य परीक्षण हुनेछ ।तीन दशकअघि स्थापना भएको नेशनल युनिभर्सिटी हस्पिट सिंगापुरको सरकारी अस्पताल हो।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गरी राखेका छन् ।यसअघि उनि नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्ड गएका थिए ।

प्रधानमन्त्रीसँग उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत जानु हुने प्रेस सल्लाहकार अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर एक सातापछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।