ओली-शेखर वार्ता- प्रचण्ड–माधवको घाँडो नभिर्न ओलीको सुझाव - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ओली-शेखर वार्ता- प्रचण्ड–माधवको घाँडो नभिर्न ओलीको सुझाव



पाँच दलीय गठबन्धनका शिर्ष नेताहरू बिहानैदेखि बैठक बसेर सिट बाँडफाँट गरिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ओली निवासमा पुगेका छन् ।

नेता कोइराला बिहीबार साँझ एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । दुई नेताबीच करिब डेढ घण्टा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । के विषयमा छलफल भयो भन्नेबारे दुवै पक्षले मुख नखोले पनि यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

केही दिनअघि कांग्रेसका अर्का नेता डा .मिनेन्द्र रिजालले पनि बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए । त्यसलगत्तै ओलीसहितका नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

सीट बाँडफाँटमा १०० निर्वाचन क्षेत्र नछाड्न शेखर कोइराला पक्षले दबाब दिएको थियो दिँदै आएको छ । कोइराला पक्ष सीट बाँडफाँटदेखि टिकट वितरणसम्म देउवाले एकलौटी गर्ने त्रासमा छ । ओलीसँगको कोइरालाको भेटलाई पनि अर्थपूर्ण रूपमा लिन सकिने नेताहरू बताउँछन् ।

क्षेत्र बाँडफाँटदेखि टिकट वितरणमा समेत पाखा पारिने कांग्रेसका प्रभावशाली नेताहरूले एमालेसँग मिलेर चुनाव लड्नसक्ने चर्चा भइरहेका बेला ओली र शेखरको भेट भएको हो ।

कतिपय कांग्रेस नेताहरू ओलीलगायत एमाले नेताहरूसँग नियमित सम्पर्कमा छन् । देउवा र प्रचण्डबाट टिकट खोसिने कांग्रेस नेताहरुलाई एमालेले साथ दिने आश्वासन समेत पाएका छन्।

शेखरसंगको भेटमा ओलीले गठबन्धनका नाममा प्रचण्ड–माधवको घाँडो नभिर्न सुझाव दिएको बुझिएको छ ।