म कति बाँच्छु थाहा छैन, सर्वसम्मत अध्यक्ष मलाई बनाईदिनुहोस्: केपी ओली - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

म कति बाँच्छु थाहा छैन, सर्वसम्मत अध्यक्ष मलाई बनाईदिनुहोस्: केपी ओली



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौँ महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिसहितका नेताहरुलाई फकाउने कोसिस गरेका छन्।

पार्टीको दशौँ महाधिवेशन अन्तर्गत बन्द सत्रको उद्घाटन समारोहलाई शनिबार सौराहामा सम्बोधन गर्दै ओलीले भावनात्मक कुरा गरेका हुन्।

उनले सम्बोधनका क्रममा अब एक कार्यकाल आफूलाई सर्वसम्मत अध्यक्ष बनाउन पनि महाधिवेशन प्रतिनिधिहरूलाई घुमाउरो शैलीमा आग्रह गरे।

‘त्यसै त मान्छेको जीवनको भर हुँदैन। मत धेरै पटक जीवन संकटा परेर आएको मान्छे। म कति बाँच्छु थाहा छैन,’ उनले भने,’म त धेरै अप्रेशनबाट गुज्रिएर यहाँसम्म आएको हुँ। मेरो त धेरै पटक जीवन जोखिममा परेर, बाँचेर आएकाले भर नहुन सक्छ।’

उनले यति हुँदा हुँदै पनि आफ्ना अगाडिका नेताहरु र महाधिवेशन प्रतिनिधिलाई फकाउने कोसिस गरिरहे। ‘अनेक संकट झेल्दै यहाँसम्म आएको छु। तर जब तपाईंहरुलाई देख्छु नि मलाई ढुक्क हुन्छ’, उनले भने, ‘तपाईंहरुलाई अगाडि देखेपछि मलाई निद्रा लाग्छ। तपाईंहरुलाई देखेपछि देशको भविष्य पनि सुरक्षित देख्छु।’