विज्ञान दिवस: प्रधानमन्त्री ओलीले पत्ता लगाएका दुई शब्द 'पाखण्डी र उत्ताउला' - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

विज्ञान दिवस: प्रधानमन्त्री ओलीले पत्ता लगाएका दुई शब्द ‘पाखण्डी र उत्ताउला’



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पाखण्डीहरूले बोल्दैमा प्रतिगमन नआउने बताएका छन्।

उपचारपछी २७ दिनको अन्तरालमा सार्वजनिक कार्यक्रममा बोलेका ओलीले कतिपयले यस्तो पाखण्ड ब्यबहार जन्मसिद्ध ल्याएका हुन्छन भन्दै त्यस्तोमा अल्झन नहुने बताएका हुन् ।

उनले भने, ‘पाखण्डी कुरा गरेर प्रतिगमन लाद्न खोज्यो भन्दैमा अलमलिन हुँदैन’ । उनीहरूको जन्मसिद्ध पाखण्डीपन र उत्ताउला हर्कतले मुलुकको उपलब्धि उल्ट्याउन खोजेका हुन् त्यसमा हामी अलमलिने काम छैन।

ओलीले उनीहरुले आफ्नो भागमा नै जन्मसिद्ध पाखण्डीपन प्राप्त गरेको बताउँदै उनीहरुका उत्ताउला व्यवहारले विकासको पथमा लम्केको सरकारलाई कुनै फरक नपार्ने स्पस्ट पारेका थिए ।

सातौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले मन्तव्यको क्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।