प्रचण्डको क्रान्ति आफन्तलाई नियुक्त गर्न मात्रै थियो भन्ने पुष्टि भयो: ओली - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रचण्डको क्रान्ति आफन्तलाई नियुक्त गर्न मात्रै थियो भन्ने पुष्टि भयो: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्रान्तिकारी हुँ भन्नेले आफन्तबाहेक अन्य कोही नियुक्त नियुक्त नगर्ने भन्ने पुष्टि हुँदै गएको बताएका छन्। प्रचण्डका भाईलाई राष्ट्रिय सभामा नियुक्त गरेपछि ओलीले यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गर्दै राजनीतिक नेताहरूमा नातावाद, कृपावादको बारेमा यत्रो बहस भइराखेको अवस्थामा प्रचण्डले त्यसलाई मलजल गरेको बताए ।

‘देशमा क्रान्तिकारी हुँ भन्नेले त आफन्तबाहेक अन्य कोही नियुक्तै गर्दैनन भन्नेथ्योे,’ राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,‘हिजो पुष्पकमल दाहालका भाई नारायणकमल दाहाल उहाँलाई राष्ट्रिय सभामा नियुक्त गरियो ।’

देशमा भएका संघर्षमा आन्दोलन गरेका, दुःख पाएकाहरूलाई छाडेर परिवारवादमा चुर्लुम्म डुब्नु दुखद भएको उनले बताए । माओवादीले सञ्चालन गरेको जनयुद्धलाई उद्वरण गर्दै अध्यक्ष ओलीले भने,‘अपाङ्गता भएका व्यक्तिहरू छन । शरीरमा गोली लागेर हिडिरहेका व्यक्तिहरू छन । जनयुद्धका नाममा ज्यान हत्केलामा राखेर मौकाले बचेका व्यक्तिहरू छन । यि सबै व्यक्तिहरूलाई छोडेर अनादर गरेर, उपेक्षा गरेर आफ्नै भाईलाई राष्ट्रिय सभा सदस्य बनाउने बोक्ने !’