ओलीले भने : प्रचण्डको हैसियत थाहा भयो, गोरखामा पनि मान्छे कुट्न थाले - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

ओलीले भने : प्रचण्डको हैसियत थाहा भयो, गोरखामा पनि मान्छे कुट्न थाले



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखामा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालत देखिएको बताएका छन्।

चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले गुन्डा पठाएर मान्छे कुट्न लगाएको आरोप लगाए।

उनले प्रचण्डलाई लक्षित गर्दै भने, ‘मैले माडीमा आउँदा भनेको थिए मणि बनाउनतिर जान्छु भनेर। मैले राम र लक्ष्मण जन्मिएको ठाउँमा। राम लक्ष्मणहरू बसेको र राज गरेको ठाउँमा बचपन हुँदा खेलेका होलान्। त्यो ठाउँमा राम जन्मभूमि ल्याउँदा यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए।’ उनले एमालेसँग दुस्मनी आफैँ सकिने दाबी गरे।

‘सीता राम, लक्ष्मणहरूसँग पनि दुस्मनी गर्ने पनि सकिन्छन्। अहिले उकालोतिर लागेका छन्’ ओलीले भने, ‘गोरखामा पनि हालत के रहेछ भनेर थाहा पाइसक्यौँ। मान्छे कुट्न थाले। खाना खाइरहेको ठाउँमा गुन्डा पठाएर बोतलै बोतलै हानेर टाउको फुटाउनतिर लागे।’

ओलीले प्रतिगमन गर्‍यो भनेर लोकतन्त्रको रक्षा गर्न आएका भन्नेहरूले बियरको बोतल बोकेर अर्काको टाउकोमा हान्न लगाएको आरोप लगाए।