एमालेले टिकटमा कसैमाथि अन्याय गरेको छैन- अध्यक्ष ओली - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

एमालेले टिकटमा कसैमाथि अन्याय गरेको छैन- अध्यक्ष ओली



ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले काम र योगदानका आधारमा न्याय हुने गरी आगामी निर्वाचनका लागि टिकट दिएको बताएका छन्।

तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले कतिपयले टिकट नपाएको भन्ने प्रसङ्गमा सबैलाई पालो पनि दिनुपर्ने बताए।

उनले एमाले कार्यकर्तालाई कुनै भावनामा बग्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै एमालेमा न्याय हुने तर न्याय सापेक्ष हुने स्पष्ट गरे। ‘टिकट पाएन, स्वभाविक हो, पालो गर्नुपर्दैन ? अरुलाई पनि त पालो दिनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘पार्टीको पक्षमा, देशको पक्षमा असाधारण भूमिका भए पनि उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन संसद् चल्दैन, उहाँ नभइकन देश हाँकिदैन भन्ने स्थिति त होइन।’

अध्यक्ष ओलीले टिकट नपाएका नेताप्रति लक्षित गर्दै २०४८ सालदेखि सांसद भइरहेका र गत असोज २/३ गतेसम्म सांसद रहिरहेका व्यक्तिले टिकट नपाएकामा रूवाबासी गर्नु सही नभएको धारणा राखे।

‘पार्टीको हितमा एक शब्द बोलेको होइन, आन्दोलनको हितमा एक शब्द बोलेको होइन’, उनले थपे, ‘अरु–अरु प्रकारका तमासा देखाउनु नपर्ने ठाउँमा तमासा देखाएको छ।’ अध्यक्ष ओलीले राष्ट्र र पार्टीमा योगदान दिनेलाई टिकटमा न्याय गरिएको बताए।