देउवाले विश्वासको मत लिने भएपछि ओली समूह सशंकित - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

देउवाले विश्वासको मत लिने भएपछि ओली समूह सशंकित



काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले एकाएक विश्वासको मत लिने भएपछि नेकपा (एमाले)को केपी ओली समूह सशंकित बनेको छ ।

देउवाको सरप्राइज कार्यक्रमपछि ओली समुहका सांसदहरुले संविधानको धारा ७६ (५) अन्तर्गत बनेको सरकारले विश्वासको मत लिने कुरा नियमावलीमा नरहेको जिकिर गरेका छन्।

आइतबार बिहान बसेको कार्यव्ययस्था परामर्श समितिको बैठकमा एमालेले विश्वासको मत लिनका लागि अर्को मिति तोक्न पनि माग गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि संसद् सचिवालमा प्रस्ताव दर्ता भइसकेको छ। विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सचिवालयमा प्रस्ताव दर्ता भैसकेको छ।

आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले देउवाले संविधान बमोजिम विश्वासको मत लिनेछन्। देउवालाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष, एमाले माधवकुमार नेपाल पक्षलगायतको साथ छ।