प्रम ओलीले भोली राष्ट्रका नाममा सम्बोधन गर्ने ,आज बालुवाटारमा रात्रिभोज - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

प्रम ओलीले भोली राष्ट्रका नाममा सम्बोधन गर्ने ,आज बालुवाटारमा रात्रिभोज



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार(भोलि) बिहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

नयाँ बर्ष २०७६ को उपलक्ष्यमा प्रम ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

नयाँ बर्षकै उपलक्ष्यमा शनिबार (आज) प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा रात्रिभोजको आयोजना पनि गरेका छन् ।

रात्रिभोजमा नेकपा स्थायी समितिका सदस्यहरु, मन्त्री परिषदका सदस्यहरु लगायत सत्तारुढ दलका नेताहरुलाई निम्त्याइएको छ ।