११ बजे राष्ट्रका नाममा सम्बोधन: यस्तो छ तयारी
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत हेर्न सकिनेछ ।
कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा गत ७ चैतमा राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।