प्रधानमन्त्री ओलीको शुक्रवार विशेष सम्बोधन: यस्तो छ तयारी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रधानमन्त्री ओलीको शुक्रवार विशेष सम्बोधन: यस्तो छ तयारी



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दुई वर्ष पुगेको अवसरमा प्रतिनिधिसभाबाट सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले संसदमा सार्वजनिक महत्वको विषयमा जानकारी दिन शुक्रबार संसदको समय लिएका छन्।

प्रधानमन्त्री ओलीले दुई वर्षअघि फागनु ३ गते प्रधानमन्त्री पदको सपथ लिएका थिए। प्रतिनिधि सभाको बैठक शुक्रबार २ बजे बस्दैछ। बैठकको सुरुआतमै प्रधानमन्त्रीले वक्तव्य दिन लागेका हुन्।

स्रोतका अनुसार सम्बोधनमार्फत प्रधामनन्त्री ओलीले सरकारको दुई वर्षे उपलब्धिबारे जानकारी गराउने छन् ।

‘प्रतिनिधि सभाको बैठक फागुन ४ गते राख्ने तयारी थियो, प्रधानमन्त्रीले सम्बोधन गर्न समय माग गरेका कारण २ गतेका लागि बैठक राखिएको हो,’ स्रोतले भन्यो ।