प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै, एमाले स्थायी कमिटी बैठक स्थगित - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै, एमाले स्थायी कमिटी बैठक स्थगित



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री निवास सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओली बुधबार दिउँसो ११ बजे बालुवाटारबाट निजी निवास बालकोटा फर्कने कार्यक्रम छ । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त पार्टी फुटको जोखिममा पनि पुगेको छ।

बालुवाटार छाड्ने कार्यक्रमका लागि पूर्वनिर्धारित स्थायी कमिटी बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

दिउँसो २ बजे ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए । यसअघि हिजो आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको थियो ।

तर सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि ओलीले सम्बोधन गरेर बालुवाटार छाड्न लागेका हुन् ।