गगन थापाले गरे प्रधानमन्त्री ओली सकिने भविष्यवाणी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गगन थापाले गरे प्रधानमन्त्री ओली सकिने भविष्यवाणी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी ओली सकिने भविष्यवाणी गरेका छन् । प्यूठानको बिजुबारमा भएको कांग्रेस सभालाई सम्बोधन गर्दै उनले संस्कृतिमाथि प्रहार नगर्न चेतावनी दिए । उनले गुठी सम्बन्धी विधेयकको चर्को विरोध गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा थापाले पशुपतिनाथको मन्दिरका पुजारी चलाउँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सकिएको चर्चा गर्दै स्वर्गद्वारी चलाउँदा प्रधानमन्त्री केपी ओली सकिने चेतावनी दिएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनमोर्चा त्यागेर केही कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई डा. शेखर कोइराला र थापाले सदस्यता प्रदान गरेका थिए । उनले आफूहरु अहिले चुनाव हारे पनि त्यो म्यान्डेट स्वीकार गर्दै अर्को चुनाव जित्ने दाबी पनि गरे ।