जब ओली सहमतिबाट पछि हटे, एकता सङ्कटमा ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

जब ओली सहमतिबाट पछि हटे, एकता सङ्कटमा !



काठमाडौं । नेकपा माओवादी र एमालेबिच बैशाख ९ हुने भनिएको पार्टी एकता घोषणा कार्यक्रम व्यानर विवादका बिच एकताको सन्देश सँगै अनिश्चित भएर टुगिंएको छ ।

सरकारका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार संचालनमा देखाएको एकलौटी रबैयाबाट नेकपा माओवादीका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ शसंकित छँदै थिए । ओलीको भारत भ्रमण र भारतीयहरुसँगको उठबसबाट झन बढी शंका माओवादीमा पसेको थियो ।

यो बिच माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै बराबरीको सिदान्तका आधारमा मात्रै एकता गर्ने आफुले ओलीसँग हाकाहाकी कुरा गर्ने बताईरहेका थिए ।

नभन्दै माओवादी अध्यक्ष प्रचण्ड र ओलीबिच ६ गतेबाट ३ दिनसम्म लगातार ‘वान टु वान’ संवाद भयो । स्रोतहरुका अनुसार सूरुको दिन प्रचण्डले ओलीसँग बाहिर आफैले भनेजस्तो शंकाका विषयहरुमा हाकाहाकी कुरा राखे । संगठनमा बराबरी, जनयुद्द र सहमतिको महाधिवेशनका विषयमा कुरा सुनेपछि ओलीले थप छलफल गर्ने भन्दै बैठक सकियो ।

दोस्रो पटक गत ७ गते वालुवाटारमै फेरी छलफल भयो । मुलत छलफलमा नटुगिंएका विषयहरु टुंगियो । जनयुद्दको विषयमा ठुलो बहस थिएन र भएन पनि । जनयुद्दलाई सहजै मान्ने र दस्तावेज तथा विधानमा उल्लेख गर्ने सहमति बन्यो ।

एमालेको ‘जबज’ र माओवादीको ‘२१ औं शताब्दीको जनवाद’ दुवैलाई छोडेर ( एभयउभि म्झयअचबअथ) अर्थात ‘जनताको जनवाद’ राख्ने सहमति बन्यो । संगठनात्मक एकताको बारेमा भने एमालेबाट २ सय र माओवादीबाट २ सय राखेर केन्दीय समिति बनाउने निष्कर्षमा दुवै नेताहरु पुगे । संगठनको सवालमा ओलीले सिनियर साथिहरु छुटेका छन् भने पछि प्रचण्डले छुटे भने ५,७ जना थप्दा हामीलाई आपत्ति हुन्न भन्ने जवाफ दिएको स्रोतले बतायो ।

विषयहरु टंगिएपछि ९ गते नै एकताको घोषणा गर्ने मेन्टालिटी बनाएर उठेका दुई नेताहरुले लिखित र मुर्तरुप दिन तेस्रो दिन फेरी बस्ने सहमति गरे ।

तर तेस्रो दिन एमालेका अध्यक्ष केपी शर्मा ओली यु टर्न भईसकेका थिए । उनले प्रचण्डलाई –‘साथिहरुले मानेनन् । म त एक्लिने भए, मैले सम्झाउन सकिन । अरु ठिकै छ, संगठनमा एमाले ७० र माओवादी ३० प्रतिशत गरौं’ भने । उसो भए एकताको विषयमा सल्लाहा गर्दै जाउँला भन्ने जवाफ प्रचण्डले दिएका थिए ।

यसरी सरप्राइज एकता गर्ने योजना तुहिएपछि पार्टी स्थापना दिवस संयुक्त रुपमा मनाउने सहमति गरेर दुव नेताहरु उठेका थिए ।