प्रधानमन्त्री ओलीको रिपोर्टमा के देखियो ?
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले शनिबार मृगौलाको पुन डायलासिस गराएका छन् । ग्राण्डी अस्पतालमा ओलीको तेश्रो डाइलासिस गरिएको हो ।
यसअघि गत १३ र १४ कात्तिकमा प्रधानमन्त्रीले डाइलासिस गराएका थिए । प्रधानमन्त्री ओली डायलासिस गराएर साँझै बालुवाटार निवास फर्केका छन् ।
डायलासिसपछि ग्राण्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख छ ।
उपचार र चेकजाँचका सबै रिपोर्ट आइसकेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
१२ वर्षअघि भारतमा प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओली नियमित उपचारमा छन् ।