ओलीले भेटे रअका पूर्वप्रमुखलाई , के भो कुरा ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

ओलीले भेटे रअका पूर्वप्रमुखलाई , के भो कुरा ?



नयाँ दिल्ली– भारत भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई  भारतीय गुप्तचर संस्था (रअ)का पूर्व प्रमुख एबी माथुरले भेट गरेको खुलेको छ ।

एबी माथुर नेपालबारे जानकार मानिन्छन, नेपालमा भारतले गर्ने विभिन्न गतिविधिमा उनको डिजाईन हुने गरेको जानकारहरु बताउँछन् ।

भेटवार्तामा भएको कुराकानीबारे केही खुलाइएको छैन । यद्यपि भेटवार्तामा दुई देशको सम्बन्ध समधुर बनाउने विषयमा कुराकानी भएको हुन सक्ने दिल्लीस्थित नेपाली दूतावासका अधिकारीको भनाइ छ ।

रअका पूर्व प्रमुख माथुर भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा सम्बन्ध बिग्रिएपछि त्यतिबेलाको स्थितिलाई साम्य पार्न सक्रिय भएका व्यक्ति हुन् ।