बदलिए प्रधानमन्त्री ओली: आफ्नै सचिवालयसँग रुष्ट, मन्त्रिमण्डल फेर्न आतुर - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

बदलिए प्रधानमन्त्री ओली: आफ्नै सचिवालयसँग रुष्ट, मन्त्रिमण्डल फेर्न आतुर



काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय सरकार र पार्टीको ब्यापक आलोचना हुन थालेपछि फरक रणनीति लिएको खुलेको छ। उनले आफ्नै सचिवालयबाट आफुलाई अलोकप्रिय बनाउने काम भएको बुझेपछि यस्तो रणनीति बनाएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ‘ओली पहिले जस्तो सचिवालयसँग मात्र भर नपर्ने गरेको, सचिवालयबाटै आएका कतिपय बिषयमा बहस गर्न थालेको बताइएको छ’ । स्रोत भन्छ ‘पछिल्लो बिष्णु रिमालको ट्वीट काण्ड र मास्क काण्डदेखि प्रधानमन्त्रीले आफ्नो घेराभन्दा बाहिर निस्केको जस्तो लागेको छ । पहिले भेट्न नपाएर गुनासो गर्नेहरूले पनि आजकल भेटेको, छलफल गरेको देखिन्छ ।’

त्यतिमात्र होइन प्रधानमन्त्री ओली अहिलेको केहि मन्त्रीहरूको बिषयमा पनि गम्भीर देखिएका छन् । उनि सचिवालयको घेराबाट बाहिर निस्केर छलफल गर्न थालेपछि उनि मन्त्रिमण्डल परिवर्तन गर्ने सोंचमा पुगेको बताइएको छ । उनले केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्नेगरी पार्टी भित्रका केहि नेताहरूसंग छलफल पनि गरेको खुलेको छ ।

सरकारको काम प्रभावकारी नभएको गुनासो पार्टीपंक्ति र आमजनताबाट आउन थालेपछि ओली मन्त्रिपरिषद पुनर्गठनको तयारीमा जुटेका हुन् । बालुवाटार स्रोतका अनुसार सरकारबाट कुन–कुन मन्त्रीलाई ‘आउट’ गर्ने र कस–कसलाई ‘इन्ट्री’ गर्ने भन्ने निर्णय गर्न बाँकी छ । यद्यपि अबको मन्त्रिपरिषदमा नेकपा नेता भीम रावल र योगेश भट्टराईलाई मन्त्री बनाउने सोचमा ओली छन् ।

ओलीले रावल र भट्टराईलाई बालुवाटार बोलाएरै सरकारमा सहभागी हुन आग्रह गरेका छन् । यद्यपी केहि नेताहरूले प्रधानमन्त्री ओलीले सरकारलाई प्रभावकारी बनाउन आफुहरूसँग परामर्श गरेको समेत स्वीकार गरेका छन् ।

केहि समय यता प्रधानमन्त्री ओलीले सरकार र आफु अलोकप्रिय भएको बिषयलाई गम्भिरतापूर्वक लिएको र परामर्श समेत सुरु गरेको बताइएको छ ।

स्रोतको दाबी अनुसार उनले आफ्नै सचिवालयले भनेका कतिपय कुराहरू बाहिरबाट ‘भेरिफाइ’ गर्ने र ‘क्रस चेक’ गर्न सुरु गरेको जनाएको छ ।