सुरू भयो सचिवालय बैठक: प्रधानमन्त्री ओली रक्षात्मक - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

सुरू भयो सचिवालय बैठक: प्रधानमन्त्री ओली रक्षात्मक



काठमाडौँ– नेकपा सचिवालय बैठक सुरू भएको छ। नेताहरूबीच विवाद उत्कर्षमा पुगेका बेला बसेको सचिवालय बैठक निकै चासोको हिसावले हेरिएको छ।

साढे ११ बजे बैठक बस्ने भनिए पनि प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ढिलाई गर्दा एक घण्टा ढिलो सुरू भएको छ ।

नेता सिपी मैनालीलाई भेट्न प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेर फर्किंदा ढिला भएको बताइएको छ ।

राष्ट्रिय सभामा कसलाई लैजाने भन्नेबारे नेकपामा विवाद उत्कर्षमा छ । नेकपा सचिवालयले वामदेव गौतमलाई लैजाने निर्णय गरिसकेको छ भने ओलीले सचिवालय निर्णय नमान्ने बताएका छन् ।

अघिल्लो बैठकमा राष्ट्रियसभामा वामदेवलाई राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिस गर्ने विषयलाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच उत्पन्न विवादबारे छलफल हुनेछ ।

प्रचण्डसहितका नेताहरु वामदेवलाई नै मनोनयनका लागि सिफारिस गर्नु पर्ने पक्षमा छन् । उनीहरु कुनै पनि हालतमा वामदेवलाई नै राष्ट्रियसभा सदस्य बनाउने पक्षमा छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् ।