अध्यक्ष ओली र उपाध्यक्ष रावलबिच बोलचाल बन्द ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अध्यक्ष ओली र उपाध्यक्ष रावलबिच बोलचाल बन्द !



काठमाण्डौ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र एमाले उपाध्यक्ष भिम रावलबिचको सम्बन्धमा दरार आएको छ । स्रोतका अनुसार उनीहरुबीच बोलचाल नभएको पनि धेरै भैसकेको छ ।

विगतमा केपी ओलीको दाहिने हात जस्तै मानिने रावलले ओलीकै भाषा बोल्ने गर्दथे । तर अहिले समय बदलिएको छ । रावल ओलीसँग विगतमा जस्तो सन्तुष्ट छैनन् ।

परराष्ट्र मन्त्री बन्ने चाहना राखेको रावलले त्यो मौका नपाएपछि ओलीसँग रिसाएका हुन् । विगतमा ओलीलाई राष्ट्रवादी नेता भनेर प्रचार गर्ने रावलले अहिले भने फेरिएका हुन् । रावलले ओलीको भारत भ्रमणको बारेमा खुलेर प्रशंसा नगरेको मात्र होइन, विरोधको भाषा नै बोले ।

पछिल्लो समय रावलको वालुवाटार आउजाउलाई पनि कम गर्दै लगेका छन् । आफै परराष्ट्रमन्त्री बन्न चाहे पनि ओलीले प्रदिप ज्ञवालीलाई बनाएपछि असन्तुष्ट बनेका हुन् ।