ओली र नेपालको मिलेमतोमा म विरुद्ध षडयन्त्र गरियो :खनाल - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

ओली र नेपालको मिलेमतोमा म विरुद्ध षडयन्त्र गरियो :खनाल



काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको चौँथो वरियताका नेता झलनाथ खनालले आफूलाई दिइएको वरियताप्रति असन्तुष्टी जनाएका छन् ।

नेता खनालले आजै पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टी व्यक्त गर्ने बताइएको छ ।

खनालले माधव नेपालभन्दा तल पारिएको वरीयता अस्वीकार गरेका हुन् । तत्कालीन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको खनालको आरोप छ ।

पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालीन पार्टी एकता संयोजन समितिका सदस्य खनालले जानाजान आफ्नो अनुपस्थितमा पार्टी एकता गरिएको गुनसोसेमत गरेका छन् ।

पार्टी एकता हुँदा चिनमा रहेका खनालले एकता हुने अघिल्लो दिन केपी ओलीलाई चिन जान लागेको बताउँदा पनि एकताको जानकारी नदिइएको बताए ।

आफू स्वास्थ्य उपचारका सिलसिलामा चीन गएको खनालले बताएका छन् ।

खनालको पक्षमा इश्वर पोखरेल र भिम रावलसमेत उभिएको बताइएको छ । एकतापछिको नेता व्यवस्थापनप्रति पोखरेल र रावलसमेत असन्तुष्ट छन् ।