एमालेमा चुनावको सम्पूर्ण जिम्मा ओली र ईश्वरलाई - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

एमालेमा चुनावको सम्पूर्ण जिम्मा ओली र ईश्वरलाई



काठमाडौं- नेकपा एमालेले चुनावको सबै जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष ईश्वर पोखरेललाई दिएको छ । परिचालन कमिटीको नेतृत्व ओलीले लिने र मस्यौदा र घोषणापत्र बनाउने जिम्मा पोखरेलले पाएका हुन् ।

पार्टीको सचिवालय बैठकले ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी बनाएको हो। यो कमिटीमा सबै केन्द्रीय सदस्यहरू, अनुशासन, निर्वाचन आयोग, लेखा आयोग तथा केन्द्रीय प्रतिनिधि परिषदका पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिव, कन्द्रीय विभागका सचिवहरू पनि हुनेछन्।

त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चुनावी घोषणापत्र बनाउनका लागि जिम्मेवारी दिइएको छ। घोषणापत्र लेख्नका लागि पोखरेललाई अरू ८ जना नेताहरूले साथ दिनेछन्।

घोषणापत्र लेख्नका लागि पोखरेलको नेतृत्वमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरू प्रदीप ज्ञवाली तथा विष्णु रिमाल सदस्य रहेको एउटा समिति पनि बनाइएको छ।