प्रधानमन्त्रीले डाक्टरसँग अचम्मको प्रश्न सोधेपछि... - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

प्रधानमन्त्रीले डाक्टरसँग अचम्मको प्रश्न सोधेपछि…



काठमाडौं- मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उपचारमा संलग्न डाक्टरहरूलाई अचम्मको प्रश्न सोधेका छन् । आफ्नो स्वास्थ्यको बारेमा वा अन्य बिषयमा कुरा गर्लान भनेर आशा गरेका डाक्टर नै उनको प्रश्नबाट अचम्मित परेको बताइएको छ।

सामान्य तया बिरामी होसमा आएपछि आफ्नो रोग र उपचारको बारेमा जिज्ञासा राख्ने गरेका हुन्छन । त्यस्तै प्रधानमन्त्री ओलीबाट पनि उनीहरूले त्यस्तै अपेक्षा गरेका थिए । तर, प्रधानमन्त्री ओलीले भने आफ्नो स्वास्थ्य भन्दा पनि बाहिर के भैरहेको छ भन्ने बिषयमा चासो राखे ।

ओलीले डाक्टरसंग आफ्नो स्वास्थ्यका बारेमा बाहिर आएका समाचारप्रति जिज्ञासा राखेका छन् । उनले उपचारमा संलग्न डाक्टरहरुसँग ‘बाहिर कस्ता समाचार आइरहेका छन् ?’ भन्दै डाक्टरलाई प्रश्न गरेका गरेको स्रोतले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गतको मनमोहन कार्डियोथेरासिस भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आकस्मिक शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीको अहिले स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

शल्यक्रिया शुरु गर्ने बित्तिकै चिकित्सकहरुले ओलीलाई फोक्सोमा कुनै पनि दबाब सिर्जना नहोस भनेर भेन्टिलेटरमा राखेको बताएका छन्।

ओलीको पेटमा देखिएको संक्रमण रोक्नका लागि चलाएको दुईथरि औषधिमध्ये एकले राम्रोसँग काम गरेको र अर्कोले राम्रोसँग प्रभाव नपारेको देखिएपछि परिवर्तन गरिएको अस्पताल स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेपछि त्यसको संक्रमण फैलिएको थियो। त्यसलगत्तै उनको शल्यक्रिया गरिएको हो।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका ओलीको केहि समययता रोगसँग लड्ने प्रतिरोधी क्षमता कमजोर हुँदै गएको बताइएको छ। त्यसकारण कुनै नयाँ स्वास्थ्य समस्या देखिनासाथ त्यसले गम्भीर रुप लिने हो की भनेर विशेष सावधानी अपनाउने गरिएको छ।

मंगलबार अकस्मात पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो।