मध्यरातमा ओली बन्दसत्रमा पुग्दा चर्को नाराबाजी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

मध्यरातमा ओली बन्दसत्रमा पुग्दा चर्को नाराबाजी



काठमाडौं- आइतवार दिनभर पार्क सफारी होटलको दोस्रो तलमा आफ्नो गुटका नेताहरुसँग गोप्य बैठक गरेर बिताएका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले मध्यरातमा बन्दसत्र भइरहेको हलमा पुगेका छन्।

पार्क सफारीबाट करिब १० मिनेटको पैदल दूरीस्थित सेभेनस्टार होटलमा निर्माण गरिएको बन्दसत्र हलमा ओली पुग्दा महाधिवेशन प्रतिनिधिले नाराबाजी गरे।

बन्दसत्र स्थल आइपुग्दा उनको पक्षमा नाराबाजी भएको हो। केही महाधिवेशन प्रतिनिधिहरुले ‘केपी ओली जिन्दावाद’ सहितका नारा लगाए।

ओलीले आफ्नै समूहमा नेतालाई व्यवस्थापन गर्न नसक्दा उनले दिन नै पार्क सफारीमा बिताए। उता अध्यक्षमा उठ्न खोजेका उपाध्यक्ष भीम रावलसँग उनले संवाद नै गर्न सकेका छैनन्।

निर्वाचन नचाहेका ओलीले सकेसम्म आइतवारै मध्यरातसम्म ध्वनि मतका आधारमा नयाँ नेतृत्व घोषणा तयारी गरेका छन्।