ओलीसँग पत्रकारको साक्षात्कार कार्यक्रम - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

ओलीसँग पत्रकारको साक्षात्कार कार्यक्रम



काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग साक्षात्कार गर्दैछन्।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आयोजनामा आज दिउसो दिउसो १ बजे कार्की ब्याङ्क्वेटमा बबरमहलमा अध्यक्ष ओलीसँग पत्रकारको साक्षात्कार कार्यक्रम राखिएको हो।

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने निर्णय लिएपछिको यो पहिलो औपचारिक कार्यक्रम हो।

आजको साक्षात्कारमा अध्यक्ष ओलीले पत्रकारको प्रश्नसँगै सुझावसमेत लिने र आफ्नो धारणा राख्ने प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए।