ओली र प्रचण्डको कार्यकक्षमै ताला - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

ओली र प्रचण्डको कार्यकक्षमै ताला



काठमाडौं- नेकपा केन्द्रीय कार्यालय धुम्बाराह र पेरिसडाँडामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको कार्यकक्ष छ।

अध्यक्ष प्रचण्ड, महासचिव पौडेल र प्रवक्ता श्रेष्ठ कहिलेकाँही पेरिसडाँडा पुग्ने गरे पनि अर्का अध्यक्ष ओली भने एकपटक गए पनि दोहोर्याएर पुगेका छैनन्।

अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षमा प्रायः ताला झुन्ड्याइएको हुन्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डे र वीरेन्द्र ओलीले लेखेका छन्।

पार्टीको कार्यक्रममा ओली धुम्बाराही जाने गरे पनि पेरिसडाँडाको कार्यकक्षमा भने दोहोर्याएर छिरेका छैनन्।

तत्कालिन एमाले र माओवादबीच ३ जेठ ०७५ मा राष्ट्रिय सभागृहमा एकीकरणको घोषणा गरिएपछि ४ जेठमा अध्यक्ष ओली र प्रचण्डले धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय संयुक्त रुपमा अवलोकन गरेका थिए।

त्यसबेला प्रचण्डको कार्यकक्ष पहिलाकै थियो। ओलीको कोठामात्रै थियो।

ओलीका लागि तत्कालिन माओवादी नेता बाबुराम भट्टराई बस्ने कोठा खाली गरिएको थियो।

तर, कुर्सी, टेबुल बनेका थिएनन्। त्यस दिन ओली र प्रचण्ड दुबैले कार्यकक्ष हेरे।

तर, दुबै जना केहीबेर एकै ठाउँ कुर्सी राखेर प्रचण्डको कार्यकक्षमा बसेर फर्किएका थिए।