उपसभामुख छान्न ओली, प्रचण्ड र देउवा बालुवाटारमा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

उपसभामुख छान्न ओली, प्रचण्ड र देउवा बालुवाटारमा



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार विहान १० बजेदेखि ओली, प्रचण्ड र देउवाबीच छलफल भइरहेको हो।

देउवाका सहयोगीका अनुसार सभापति देउवा बालुवाटारमा पुगेका छन्।

प्रतिनिधिसभा संसदमा सभामुख निर्वाचन आइतबार हुँदैछ।

नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै सभामुखमा उम्मेदवारी परेको छ।

तर उपसभामुख निर्वाचन प्रक्रिया भने अघि बढिसकेको छैन।

नेकपा उम्मेदवार अग्निविरूद्ध पार्टीबाट उम्मेदवारी नदिएको कांग्रेसले आफूहरू संसदको दोस्रो ठूलो दल र प्रमुख प्रतिपक्षी भएकोले उपसभामुख पाउनुपर्ने बताउने गरेको छ।

यसअघि गत शनिबार ओली, प्रचण्ड र देउवाबीच छलफलपछि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगमा अध्यक्षसहित पदाधिकारी सत्ता-प्रतिपक्षले भागबन्डा गरी लिएका थिए।