बालुवाटारमा ओली प्रचण्ड 'वान टु वान', यस्तो छ तयारी - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

बालुवाटारमा ओली प्रचण्ड ‘वान टु वान’, यस्तो छ तयारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज वान टु वान वार्ता हुँदै  छ ।

प्रधानमन्त्री ओलीले बिहान १० बजे दाहाललाई बालुवाटार बोलाएको स्रोतले जानकारी दियो ।
माओवादी केन्द्रका नेता अग्नी सापकोटाले पनि आजै दुई नेताबीच वान टु वान वार्ता हुने जानकारी दिए ।

वैशाख ९ गते हुने भनिएको एकता घोषणा अलमलमा परेका बेला दुई नेताबीच वार्ता हुन लागेको हो । दुई वटा कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका केही विवादित विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रिया अन्योलमा परेको थियो ।

खासगरी पार्टी एकता, दुई सत्ता साझेदार पार्टीबीच बढेको दुरी, सरकारको नीति तथा कार्यक्रमको बारेमा छलफल गरिने श्रोतले जानकारी दिएको छ ।

बालुवाटार स्रोतका अनुसार आजको यो वार्ता निर्णायक हुनेछ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्रीले दाहाललाई १० बजे छलफलका लागि बोलाएका छन् । आइतबार तय भएको वार्ता पनि दाहालकै व्यस्तताले हुन नसकेको रिमालको भनाई छ ।