ओली-प्रचण्ड निर्णायक बैठक सकियो: सचिवालय बैठकको तयारी - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

ओली-प्रचण्ड निर्णायक बैठक सकियो: सचिवालय बैठकको तयारी



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीभित्र सभामुख चयनको बिषयले कोहि रिले बैठकमा छन् भने कोहो लबिङमा ।

हेर्दा रोचक लाग्ने यस्ता दृश्यहरूका बीच सभामुख चयन भैहाल्छान कि भन्ने आशा पनि छ ।

सत्तारुढ नेकपाका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता बालुवाटारमा सकिएको छ।

प्रतिनिधि सभाका सभामुखको उम्मेदवार टुंग्याउन बसेका दुई नेताबीचको छलफल करिब २ घण्टासम्म चलेको थियो।

रिक्त रहेको सभामुख पदमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै समूहले दाबी गरेपछि समस्या जटिल बनेको थियो।

यस्तोमा छलफलमा जुटेका दुई अध्यक्षको वार्ता सकिएपछि आजै अपरान्ह ४ बजे सचिवालय बैठक डाकिएको छ।

‘सभामुखको उम्मेदवारका दुई अध्यक्षले सहमति जुटाउनुभएको छ’, स्रोतले भन्यो, ‘तर, सचिवालयले निर्णय लिएपछि मात्रै नाम थाहा होला।’

सभामुखका लागि उपसभामुख डा. शिवमाया तुम्बहाङफे, सुवास नेम्बाङ र अग्नि सापकोटाको नाम चर्चामा छ।