ओलीले गरे प्रचण्डलाई फोन: मिलेर अगाडि बढ्न राखे प्रस्ताव - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

ओलीले गरे प्रचण्डलाई फोन: मिलेर अगाडि बढ्न राखे प्रस्ताव



काठमाडौं- निर्वाचनको परिणाम सोचेजस्तो नआएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी मिलेर अगाडि बढ्न प्रस्ताव गरेका छन्।

बिहीबार दिउँसो ओलीले प्रचण्डसँग लामो फोन संवाद गरेका थिए । सम्वादमा ओलीले पुराना कुरा भुलेर मिलेर अगाडि बढ्नुपर्ने बताए ।

ओलीले बितेका कुराले दुःख मात्रै दिने भएकाले पुराना कुरा बिर्सन आग्रह समेत गरे । ओली प्रचण्डले एकअर्कालाई बधाई र शुभकामना समेत दिएको बताइएको छ ।

ओलीले लामो समयको सम्वाधिनता तोड्दै टेलिफोन गरेपछि प्रचण्डले पनि यसबारे समीक्षा गर्नुपर्ने बताएका थिए ।