ओली पोखरामा- आज राजनीतिका कुरा नगर्ने
पोखरामा जारी दसौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा सहभागी हुन पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउँदैछन् ।
आज साढे ११ बजे पोखरा आउन लागेका ओलीले आफू सहभागी हुने सेसनमा राजनीति बाहिरका कुरा गर्नेछन् । फेवाताल किनारको बाराही घाटमा उनी सहभागी हुने सेसन ‘राजनीति बाहिरको जीवन’ मा पत्रकार अखण्ड भण्डारी सहजकर्ता छन् ।
यो सेसन आज १२ः१५ देखि साढे एक बजेसम्म चल्ने छ । पोखरामा अध्यक्ष ओलीको अन्य कुनै कार्यक्रम नरहेको र आजै दिउँसो ३ बजे काठमाडौं फर्कने एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले जानकारी दिए ।