माधव नेपालसँग पार्टी एकता नगर्ने ओली पक्षको घोषणा - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

माधव नेपालसँग पार्टी एकता नगर्ने ओली पक्षको घोषणा



काठमाडौं- नेकपा एमालेका नेता तथा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र कृष्णगोपाल श्रेष्ठले पार्टीका वरिष्ठ नेता माधव नेपालसँग कुनैपनि हालतमा पार्टी एकता गर्न नसकिने घोषणा गरेका छन् । कीर्तिपुरको नयाँबजारमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै श्रेष्ठले यस्तो घोषणा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अथिति बनेका श्रेष्ठले नेता माधव नेपाललाई तथानाम आरोप लगाएका थिए । श्रेष्ठले माधव पक्षलाई गद्दारको संज्ञा दिँदै सो पक्षसँग पार्टी एकता हुन नसक्ने बताए । एमाले अहिले पनि एकतावद्ध रहेको दाबी गर्दै उनले कसैले चाहँदैमा फुटाउन नसक्ने पनि बताए ।

पार्टी एकता गर्न दुवै पक्षले अथक प्रयास गरिरहेका बेला नेता श्रेष्ठले भने माधव नेपाल गद्दार भएको भन्दै एकताको वातावरण नै धमिलिने गरी गालीगलौज गरेका छन्।

नेता श्रेष्ठले सरकारले भूमि आयोग विघटन गरेकोमा चर्को आक्रोश पोखेका श्रेष्ठले एमालेको नेता भएर एमालेको छातिमा र कम्युनिस्ट भएर सुकुम्बासीको छातिमा लात हान्नेहरुलाई पार्टीबाट निकाल्नुपर्ने बताए ।

त्यतिमात्र होइन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले समेत नेता नेपालको सत्तोसराप गरेका थिए । उनले एमालेविरुद्ध लागेकाले माधव समूहलाई क्षमा दिन नसकिने बताए ।

एमालेको चुनाव चिन्हबाट निर्वाचित भएर रुखमा भोट हान्नु दु:खद भएको भन्दै उनले त्यसलाई नेपाल समूहको अक्षम्य गल्ती भने । उनले स्थानीय तहलाई प्रदेशमा गाभ्ने कुरा गलत हुने पनि बताए । कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विध्यासुन्दर शाक्य,एमाले केन्द्रीय सदस्य शम्भुराम महर्जनलगायत पनि सहभागी थिए ।