पढेलेखेका भन्नेहरु ठुटामा बसेर काग कराएजस्तो गर्छन : प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पढेलेखेका भन्नेहरु ठुटामा बसेर काग कराएजस्तो गर्छन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति संस्थाको विरोध गर्नु भनेको राजतन्त्रको गुलामी गर्नु भएको आरोप लगाएका छन् । बुधबार राति नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले आफूलाई पढेलेखेका हौं भन्नेहरुले नै अहिले ठुटामा बसेर काग कराएजस्तो राष्ट्रपति संस्थाका विरुद्ध कराएको करायै गरेको समेत आरोप लगाए ।

उनले राष्ट्रपति संस्था आफैं कार्यकारी नरहेको जान्दाजान्दैपनि मृत राजतन्त्रको गुलामी गर्नका लागि उनीहरुले सो संस्थाको आलोचना गरेको उनको आरोप थियो । उनले पढे लेखेका हौं भन्नेले नै राजतन्त्रको कुरा गरेको र सर्बसाधारण जनताले राजतन्त्र नखोजेको समेत सो अवसरमा बताएका थिए ।

उनले आफ्नो कार्यकालमा मुलुकमा धेरै क्षेत्रमा सुधार भएको दाबी गर्दै एक वर्षमै सबै कुरा पूरा गर्न नसकिएपनि विस्तारै पूरा हुँदै जाने समेत बताए । उनले ज्योतिषहरुले विभिन्न भविश्यवाणी गरेको तर्फ संकेत गर्दै आफ्नै बारेमा थाहा नभएकाहरुले गलत भविश्यवाणी गर्दै हिंडेको बताए ।

उनकै पार्टी नेकपाभित्र दुई अध्यक्षले हालै नेकपा ७० वर्ष पुगेको अवसरमा दिएको भिडियो सन्देशको टिका टिप्पणी भइरहेको बेलामा उनले दुई अध्यक्षको भावना एउटै छ भन्ने देखाउन त्यसो गरिएको जनाए ।