आफूखुसी उमेदवारी घोषणा नगर्न ओलीको निर्देशन - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

आफूखुसी उमेदवारी घोषणा नगर्न ओलीको निर्देशन



काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनका लागि आफूखुसी उमेदवारी घोषणा नगर्न निर्देशन दिएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय कमिटीको बैठकमा ओलीले यस्तो निर्देशन दिएका हुन् ।

उनले पार्टीले टिकट दिए जित्ने गरी लाग्न र नदिए अरूलाई जिताउन भूमिका खेल्न पनि निर्देशन दिएका छन् ।

“पार्टीले उठाए जित्ने गरी लाग्नुस् । अर्कोलाई उठाए जिताउन लाग्नुस् । आफैँ उम्मेदवारी घोषणा गर्दै नहिँड्नुस्,” ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।