निर्वाचनका लागि नेता कार्यकर्तालाई ओलीले दिए यस्तो निर्देशन - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

निर्वाचनका लागि नेता कार्यकर्तालाई ओलीले दिए यस्तो निर्देशन



काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै चुनावमा लड्ने गरी तयारी गर्न निर्देशन दिएका छन्।

पार्टीको मङ्गलवार बसेको स्थायी समिति बैठकमा ओलीले एमाले एक्लै चुनावमा जाने स्थिति आएको बताए। अध्यक्ष ओलीले विकास र राष्ट्रियताको एजेन्डा लिएर एमाले चुनावमा जानुपर्ने बताए।

बैठकले बहालवाला सांसद र प्रदेशसभाका सदस्यलाई त्यही क्षेत्रबाट फेरि उम्मेदवार बनाउने या नबनाउने, राष्ट्रियसभाका बहालवाला सांसदले चाहना राखे प्रतिनिधिसभामा टिकट दिने कि नदिने र स्थानीय तहमा उम्मेदवारी दिएकाहरूलाई प्रतिनिधिसभा वा प्रदेशसभामा उम्मेदवार बनाउने कि नबनाउने भन्नेमा स्थायी कमिटीका सदस्यसँग सुझाव माग गर्ने निर्णय भएको छ ।