ओलीनिकट नेताले नै भन्नथाले: पार्टी र सरकार खत्तम भयो, पदको के काम - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

ओलीनिकट नेताले नै भन्नथाले: पार्टी र सरकार खत्तम भयो, पदको के काम



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै समुहमा पनि घेराबन्दीमा परेका छन् । पार्टी र संगठन निकै कमजोर भएको भन्दै आफ्नै समुहले अब पार्टीलाई थप संकटमा नलैजान दवाव दिएको खुलेको छ । त्यसैको परिणामस्वरूप उनले पार्टीलाई जेठ २ गते फर्काउने निर्णयमा ओली पुगेको खुलेको छ ।

अहिले बालुवाटारमा एकता भाँड्ने समूह र ओलीलाई एकलौटी गराउन खोज्नेहरूको सहरति क्षीण बन्दै गैरहेकोले पनि ओली अहिले दवावमा दिएखेका छन् । त्यसैले पनि जबर्जस्ती लादिएका आफ्ना अघिल्ला निर्णयहरुलाई सच्याउन ओली बाध्य भैरहेका छन् । ओलीकै कारण पार्टी संगठन कमजोर बन्दै गएपछि बालुवाटार निकट नेताहरूले नै पार्टीलाई थप समस्यामा नलैजान आग्रह गरेको स्रोत बताउँछ ।

पछिल्लो समय मिलाएर लैजान खोज्ने नेताहरूलाई समेत निस्तेज पार्दै माधव नेपाललाई झनै पेल्न थालेपछि बालुवाटार निकटकै केहि नेताहरूले ओलीलाई निरन्तर दवाव दिन थालेका छन् । बालुवाटारका केहि बैठकमा समेत ओलीले राजनीतिलाई विपक्षीको हातमा जानबाट रोक्न पहल गर्नुपर्ने आवाज नेताहरूले उठाईरहेका छन् ।

अदालत र आफू निकट सबैले पेल्न थालेपछि आजकल बालुवाटारमा पार्टी र सरकारको बारेमा निर्मम समक्षा हुन थालेको एक नेताले बताएका छन् । उनका अनुसार ओली त्यसै कारण पनि अहिले बाहिर खासै बोल्न छाडेका हुन् ।

त्यतिमात्र होइन एमाले केन्द्रीय कमिटीलाई निर्वाचित पदाधिकारीका हकमा २०७५ जेठ २ गते तर पुस ५ को प्रतिनिधिसभा विघटन र फागुन २३ को अदालती आदेशपश्चात् २८ गतेका निर्णयको अवस्थामा पुर्याउने बालुवाटारको निर्णयपछि वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।

माधव नेपाल समुहका दोस्रो पुस्ताका नेताहरूले ओलीले गरेका अपराधलाई अब बोक्न नसकिने भन्दै निरन्तर भनिरहँदा उनीबाट गरिएका सबै गलत निर्णयलाई समग्र रुपमा सच्याइनुपर्ने माग समेत हुन थालेको छ ।

त्यतिमात्र होइन पार्टी विधानमा जबर्जस्ती गरिएको संशोधन, माइन्युट संशोधन र निर्वाचन आयोगमा प्रेषित पटक पटकका गलत व्यहोराका पत्रलाई नसच्याउने हो भने जेठ २ होइन, बैशाख २ मा गएपनि केही नहुने माधव नेपाल समुहले आवाज उठाएपछि बालुवाटार नैतिक संकटमा परेको आंकलन गरिएको छ ।