ओली-नेपाल सम्बन्ध : 'पानी बाराबार' - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओली-नेपाल सम्बन्ध : ‘पानी बाराबार’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राय विरोध गरेको मन पर्दैन । उनमा विरोध सुन्‍न सक्ने क्षेमता छैन । ‌ओली तारिफमा मख्‍ख पर्ने नेताभित्र पर्छन् । यति बेला उनका गतिविधिको विरोध गरेकै कारण नेकपाकै अर्का प्रभावशाली नेता मानवकुमार नेपाल उनीबाट टाढिएका छन् । स्रोतका अनुसार उनीहरूको पानी बाराबारको अवस्था छ ।

झन्डै दुई साता लामो स्वास्थ्य उपचारपछि चार दिन अघि स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले स्वदेश फर्केपश्‍चात सचिवालयका सबैजसो सदस्यसँग भेटघाट गरिसकेका छन् । तर, उनले माधव नेपालसँग भने भेटघाट गरेका छैनन् । स्वास्थ्यउपचारका लागि सिंगापुर जाँदै गर्दा उनीहरूबिच खटनपट समेत भएको थियो । उक्त इगोलाई साधेर ओलीले माधव नेपालसँग भेट्न नचाहेको स्रोतले बताएको छ ।

सचिवालय बैठक बोलाएर एकता प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने प्रयास गरिरहेका अध्यक्ष ओलीले सचिवालयका सबै नौ सदस्यमध्ये आठजनालाई भेटघाट गरेर ‘ब्रिफिङ’ लिइसकेका छन् । तर, नेता नेपालसँग मात्रै भेट नगर्नुले उनी नेपालसँग रुष्ट भएको प्रस्ट हुन्छ ।

नेपाल निकट एक नेताले ओलीजीले पनि सचिवालयका आठ सदस्यलाई भेट्दा नेपाललाई नभेटेको र नेपाल पनि ओलीलाई खोज्दै भेटन नगएको बताए । उनले प्रधानमन्त्री जस्तो मान्छले सानो मन बनाएर काखापाखाको व्यवहार गर्नु उपयुक्त नभएको समेत बताएका छन् ।

गत भदौ २० गते स्वदेश फर्केका ओलीलाई सुरुमै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटघाट गरी स्वास्थ्यसहित समसामायिक राजनीतिक विषयमा जानकारी लिएका थिए ।

सचिवालयमा रहेका अन्य सदस्यमध्ये वामदेव गौतम र महासचिव विष्णु पौडेल भने ओलीलाई लिन सिंगापुर नै पुगेका थिए । यसरी हेर्दा अब ओली र नेपालको भेट सचिवालय बैठकमा मात्रै हुने देखिन्छ ।

ओलीले सचिवालय सदस्यमध्ये ईश्वर पोखरेल र रामबहादुर थापालगायतलाई मन्त्रिपरिषद् बैठक र बालुवाटारमा भेटघाट गरेका थिए ।

अन्य सचिवालय सदस्यमध्ये वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि सरकारी निवासमा नै भेटघाट गरेका थिए ।

उता ओली निकट एक नेताले भने नेपालले पनि प्रधानमन्त्रीको स्वास्थ्यवस्थाप्रति चासो लिनुपर्नेमा नलिएको र प्रधानमन्त्रीले पनि बोलाएर मलाई अहिले ठिक छ नभनेको बताए ।

नेकपामा अनुशासन आयोग, लेखा आयोग, प्रवास कमिटी, ज्येष्ठ नागरिक मञ्चलगायत केन्द्रीय विभाग र संगठनको एकता प्रक्रिया टुङ्ग्याउन अझै बाँकी छ ।

यस्तो अवस्थामा नेताहरूविच दुरी बढ्नु राम्रो नहुने नेकपा सचिवालयको बुझाई छ । सचिवालयका अनुसार आठ जनासँग कुरा गरिसक्दा नेपालसँग पनि प्रधानमन्त्रीले राय लिँदा उपयुक्त हुने बुझाई छ भने नेपालले पनि राजनीतिक इगो नसाधेर स्वास्थ्यवस्थाको बारेमा बुझेर बिवादलाई मथ्थर पार्नु उपयुक्त हुने बुझाई छ । कसैले पनि सानो मन गरेर विवादलाई प्रसय दिनु उपयुक्त नहुँने नेकपाका एक नेताले नाम नभन्‍ने सर्तमा बताए ।