माधव नेपालमाथि खनिए ओली, लगाए आरोप नै आरोप - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

माधव नेपालमाथि खनिए ओली, लगाए आरोप नै आरोप



काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्तो लाजशरम पचेको मान्छे हालसम्म नदेखेको बताएका छन्। काठमाडौंमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालजस्तो लाजशरम पचेको मान्छे मैले हालसम्म अरु देखेको छैन।’

नेपालप्रति खनिएका ओलीले अगाडि भने, ‘माधव नेपालले जुन खाटमा बसेका थिए त्यसमा हानेको हान्यै छन्। जुन मन्दिरमा पूजा गर्थे त्यसमा थुकेका थुक्यै छन्।’

उनले नेकपा (एकीकृत समाजवादी) खोल्नुअघि पनि नेपाल एमालेमा नरहेको बताए। ‘उनी एमालेमा कहाँ थिए र? तर, देउवा, प्रचण्डहरु पाँच पार्टीको गठबन्धन भन्दै थिए। माधव नेपाल एक पार्टी हो। अहिले एकीकृत गठन गरेका छन् क्यारे केही दिनमा फेरि एक्लै हुन्छन् र पार्टीको नाम एकीकृत माधव नेपाल पार्टी रहन्छ।’

उनले एमालेसँग चुनावमा भिड्न एक्लै नआउन पनि चेतावनी दिए। ‘माधव नेपालले मोर्चा कसेर चुनाव लड्छौं भन्नुभएको छ। सही भन्नुभयो एक्लाएक्लै नआउनु होला मोर्चा कसेर आउनुहोला नत्र फेरि जमानत जफत होला। एमाले वैशाखी टेक्ने पार्टी होइन्, एक्लै चुनाव लड्न सक्छ।’, ओलीले भने।