ओली,नेपाल र खनाललाई मैले लाइन लाएर प्रधानमन्त्री बनाएको हु :प्रचण्ड - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओली,नेपाल र खनाललाई मैले लाइन लाएर प्रधानमन्त्री बनाएको हु :प्रचण्ड



काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो योगदानलाई अवमूल्यन नगर्न एमालेलाई चेतावनी दिएका छन् । अध्यक्ष प्रचण्डले तत्कालिन एमालेका तीन जना नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै यस्तो बताएका हुन् ।

तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको दावी गरे ।

प्रचण्डले भने, ‘माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो, उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ ।

केपी ओलीलाई संविधान बनाउँ तपाई प्रधानमन्त्री भनेको हुँ । यो पटक पनि चुनावअघिनै तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ?’