माधव नेपाल, झलनाथ र वामदेवले गरे ओलीको प्रस्ताव अस्विकार - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

माधव नेपाल, झलनाथ र वामदेवले गरे ओलीको प्रस्ताव अस्विकार



काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा यतिखेर स्कुल विभागले एकताको पुरै माहोल बिगारेको छ । पछिल्लो समय सामसुम भैसकेको पार्टी एकता प्रक्रियामा यो विभाग भिलेन नै बनेको छ । यसकै मारमा सचिवालय बैठक परेको छ ।

बिहीबार बस्ने भनिएको सचिवालय बैठक फेरि स्थगित भएको छ । स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि यसअघि पनि सचिवालय बैठक स्थगित भएको थियो ।

स्कुल विभाग कसलाई दिने भनेर बुधबार दिनभर पनि कसरत जारी थियो । जिम्मेवारी बाँडफाँडकै लागि पूर्व एमालेका नेताहरु बैठक बसेको थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले कुटनीतिक रुपमा प्रस्तुत हुँदा माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम रुष्ट बनेको स्रोतले बताएको छ । स्रोतका अनुसार पूर्व एमालेका ६ जना जना मिलेर गए सचिवालयमा बहुमत पुग्ने र स्कुल विभाग आफुहरुले नै लिउ भन्ने प्रस्ताव गरेका थिए ।

बैठकमा माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले फरक मत राखेपछि बुधबारको पुर्व एमाले बैठकले पनि गति लिन नसकेको स्रोतले बतायो । यो प्रस्तावलाई अस्वीकार गरेका थिए ।

यो प्रस्तावलाई अस्वीकार गर्दै नेताहरूले स्कुल विभागको जिम्मेवारीको विषय २ अध्यक्षले मिलाउनुपर्ने बताउँदै बैठक सकिएको थियो ।