ओलीले राष्ट्रिय सभा निर्वाचनमा पैसाको खोलो बगाएः माधव नेपाल - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

ओलीले राष्ट्रिय सभा निर्वाचनमा पैसाको खोलो बगाएः माधव नेपाल



काठमाडौं–एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपालले एमालेले राष्ट्रिय सभा निर्वाचनमा पैसाको खोलो बगाएको आरोप लगाएका छन्।

पार्टीनिकट कर्मचारी संगठनको शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले राष्ट्रिय सभा निर्वाचनमासमेत एमालेले अकुत सम्पत्तिको प्रयोग गरेको आरोप लगाएका हुन्।

‘केपी गुटले राष्ट्रिय सभा चुनावमा समेत अकुत सम्पत्तिको प्रयोग ग¥यो, पैसाको खोलो बगाए पनि चाहेजस्तो सफलता हासिल गर्न सकेन,’ उनले भने।

उनले पैसाको प्रलोभवनबाट मुक्त हुनुपर्ने भन्दै आफ्नो समूहलाई दरिलो बनाउन जुट्नुपर्ने बताए। केपी गुटमा जोडिएका मानिसले सिर्जना गर्ने भ्रमको चुनौती रहेको पनि उनले बताए।

उनले निर्वाचन आयोग र निकायहरुले निर्वाचन प्रणालीलाई राम्रो बनाउनुपर्ने र कम खर्चिलो बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै निर्वाचनमा जनताको अभिमत कसरी प्रतिबिम्बित भनेर अगाडि बढ्नुपर्ने औंल्याए।

नेता नेपालले केपी ओलीप्रति इंगित गर्दै विगतका इतिहास र उपलब्धिलाई छोपेर ०७४ को निर्वाचनका कुरामात्र गरेको र उल्लेख गरे। ओलीका नाममा व्यक्तिपूजा हुर्काउन खोजिएको भन्दै उनले त्यसको भण्डाफोड गर्नुपर्ने बताए।