नागरिकताको समस्या समाधान गर्न एमालेको सरकार बन्नैपर्छ- ओली - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

नागरिकताको समस्या समाधान गर्न एमालेको सरकार बन्नैपर्छ- ओली



दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक सहरका रूपमा विकास गरिने बताएका छन् ।

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओलीले आज झापाको गौरीगञ्जमा आयोजित जनता भेटघाट तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्मार्ट सिटीका रुपमा सहरीकरण हुँदै आएको गौरीगञ्जलाई थप व्यवस्थित सहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताए ।

निर्माणाधीन हुलाकी सडकले छोएको गौरीगञ्ज झापाको दक्षिणी भेगको एक सुन्दर सहर बन्ने प्रशस्त सम्भावना भएको उनकाे भनाइ छ ।

अध्यक्ष ओलीले रतुवा पुल, लेराकको पुल मङ्सिर ४ गते चुनावपछि बन्ने बताए । गौरीगञ्जको विकासका लागि बजेटको अभाव नहुने प्रतिबद्धता उनले जनाए ।

शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने र प्राविधिक शिक्षा थप्ने योजना एमालेको भएको बताउँदै उनले भने, “निर्माणाधीन हुलाकी सडकलाई छिटोभन्दा छिटो पूरा गराउन तथा यहाँ क्षेत्रका नागरिकताको सवालमा रहेका कतिपय समस्या समाधान गर्न पनि एमालेको सरकार बन्नुपर्छ ।” रासस