ओली-मोदीले आजै पेट्रोलियम पाइपलाइनको सिलन्यास गर्दै - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

ओली-मोदीले आजै पेट्रोलियम पाइपलाइनको सिलन्यास गर्दै



नयाँ दिल्ली :राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (शनिबार) संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको (भुमिपुजन) सिलन्यास गर्दैछन्।

भारत सरकारले जारी गरेको पोष्टर अनुसार मोतिहारीदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनको सिलन्यास दिल्लीबाटै गर्ने कार्यक्रम तय भएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले सिलन्याससम्बन्धी कार्ड छापेर कार्यसूचीसमेत तयार पारिसकेको छ।

मोतिहारीमा आज उक्त पाइपलाइनको ‘ग्राउण्ड ब्रेकिङ सेरिमनी’ कार्यक्रम राखिएको छ। मोतिहारीमा आईओसी र नेपाल आयल निगमको पेट्रोलियम पाइपलाइनसम्बद्ध प्राविधिक उच्च कर्मचारीहरूको टोली बिहानैदेखि तयारी अवस्थामा तैनाथ भइसकेका छन्।

लिटर भण्डारण गर्ने योजना छ। दोस्रो चरणमा अमलेखगन्जको डिपोसँगै टाँसिएको वन क्षेत्रले ढाकिएको जग्गा अधिग्रहण गरी ३३. ६ हेक्टरमा अर्को भण्डारण गृह निर्माण गरिनेछ।