प्रम ओलीले फोन गरेर दिए मोदीलाई बधाई - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्रम ओलीले फोन गरेर दिए मोदीलाई बधाई



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुन लागेकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर बधाई दिएका छन् ।

बिहीबार सार्वजनिक लोकसभा चुनावको मत परिणामले भारतीय जनता पार्टीको एकल बहुमत आउने निश्चित भएपछि ओलीले फोन गरेर मोदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । यसअघि ट्वीटरमार्फत ओलीले बधाई दिइसकेका थिए।

बिजेपीले पार्टीका तर्फबाट दोस्रो कार्यकालका लागि पनि मोदीलाई नै अघि सार्ने भएको छ। जारी मतगणनामा अहिलेसम्म बिजेपीले ३४८ स्थानमा विजय हासिल गर्ने देखिएको छ।

प्रतिस्पर्धी कांग्रेसले पाँच स्थानमा जितेर ८७ क्षेत्रमा अग्रता कायम गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।