ओली र मोदीलाई ज्यान मार्ने धम्की दिने पक्राउ - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ओली र मोदीलाई ज्यान मार्ने धम्की दिने पक्राउ



काठमाण्डौ – सामाजिक सञ्जालको दुरुपयोग गरी प्रधानमन्त्रीविरुद्ध अमर्यादित तथा धम्कीपूर्ण कमेन्ट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाण्डौ महानगरपालिका बानेश्वर बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका२ घर भएका ३४ वर्षीय लालबहादुर तामाङलाई सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा सोमबार बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ । उनले ‘५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भनी सामाजिक सञ्जालमा कमेन्ट गरेको खुल्न आएको छ ।

सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी नेपाली खबर अनलाइनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारीदिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा ‘सलिम योन्जन तामाङ(भाइ) नामक फेसबुक आईडी प्रयोगकर्ता तामाङले धम्कीपूर्ण कमेन्ट गरेको खुल्न आएको छ ।

सामाजिक सञ्जालमा त्यस प्रकारको कमेन्ट सम्प्रेषण गरी जनमानसमा भ्रम तथा त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा तामाङलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।