यसरी भेटे ओलीले स्वतन्त्र तिव्वत पक्षधर मास्टर ग्यालसेनसँग भारतस्थित नेपाली दुतावासमा (फोटो फिचर) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

यसरी भेटे ओलीले स्वतन्त्र तिव्वत पक्षधर मास्टर ग्यालसेनसँग भारतस्थित नेपाली दुतावासमा (फोटो फिचर)



काठमाडाैं । भारत भ्रमण सकेर काठमाडाैं उत्रिएलगत्तै प्रधानमन्त्री केपी ओलीको विवादास्पद फोटोहरू सार्वजनिक भएका छन् ।

अोलीले स्वतन्त्र तिव्वत पक्षधर मास्टर कर्मा कन्पाइ ग्यालसेनसँग भारतस्थित नेपाली दुतावासको कार्यक्रममा भेट भएको हो ।

तिब्बतबाट निर्वासित धर्मगुरु दलाई लामाका निकट अनुयायी मास्टर कर्मा तन्पाइ ग्यालसेनबीच भएको यो भेटको तस्विर सार्वजनिक भएपछि कुटनीतिक वृत्तमा यसको चर्चा व्यापक भएको छ ।

ग्यालेनसँगको यो भेटपछि चीनियाँ कुटनीतिज्ञहरुले पनि यसलाई गम्भिरतापूर्वक लिएको बताइन्छ । नेपालले एक चीनको पक्षमा उभ्याउँदै आएको छ। चीन विरोधी गतिविधीलाई नेपालले नियन्त्रण गर्दै आएको छ। तर स्वयं प्रधानमन्त्रीको यो भेटले चीन शसंकित भएको बताइन्छ।

वोवाओ सम्मेलनलाई छल्ने गरि जस्तो भएको ओलीको भारत भ्रमणमा बेलामा स्वतन्त्र तिव्वत पक्षधरसँगको यो भेटलाई लिएर प्रधानमन्त्री ओलीको आलोचना समेत भएको छ । ग्यालसेन तिनै हुन जसले भारतीय र नर्वेजियन राहदानी समेत रहेको बताइएको छ ।

ग्यालसेन अाफैले नेपालका प्रधानमन्त्री अोली, मन्त्री प्रदिप ज्ञवाली, नेकपा माअोवादी केन्द्रका नेता दिनानाथ शर्मा सरकारका सचिवसँग भेटको तस्वीर सार्वजनिक गरेका हुन् ।