ओली महन्थबीच तीन दिनदेखि लगातार छलफल, गठबन्धन गर्ने लगभग पक्का - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

ओली महन्थबीच तीन दिनदेखि लगातार छलफल, गठबन्धन गर्ने लगभग पक्का



सत्ता गठबन्धनसँग तालमेलको प्रयास असफल बनेपछि लोकतान्त्रिक समाजवादी पार्टी लगातार एमालेसँग निरन्तर छलफलमा छ ।

एमालेसँग सहकार्यका लागि लोसपाका शिर्ष नेताहरू तीन दिनदेखि एमाले अध्यक्ष केपेव शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा तालमेलका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी ओलीबीच लगातार संवाद भइरहेको छ।

ओली र महन्थबीच मंगलबार, बुधबार र बिहीबार छलफल भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। सत्ता गठबन्धनभन्दा एमालेसँगको छलफल सकरात्मक रहेको लोसपाका एक नेताले बताएका छन् ।

एमाले र आफूहरूबीच सिट बाँडफाँटको विषय छिट्टै टुंगिने पनि उनले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा लोसपालाई गठबन्धनमा भित्र्याउनका निम्ति अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोलाई आफ्नो भागबाट दुई सिट दिन तयार भएका थिए।

सत्ता गठबन्धनका तर्फबाट हालसम्म पनि सहकार्यको प्रस्ताव नआएपछि लोसपाले एमालेसँगको संवादलाई सघन बनाएको हो।

सत्ता गठबन्धनसँग पनि समानन्तर छलफल गरिरेहको लोसपालाई एमाले अध्यक्ष ओलीले आफ्नो कित्ता प्रष्ट बनाउन भनेका छन्।