प्रचण्डसँगै राजेन्द्र लिङदेन पनि पुगे बालकोट, वार्ता जारी
काठमाडौं- सरकार बनाउने समय घर्किन लाग्दा दलहरू आन्तरिक परामर्शमा जुटेका छन् । गठबन्धनको बैठक छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मालाई भेट्न बालकोट पुगेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काअध्यक्ष राजेन्द्र लिङदेन पनि बालकोट पुगेका छन् । एमालेका अध्यक्ष ओलीसित छलफल गर्न लिङदेन बालकोट पुगेका हुन् ।
बालकोट स्रोतका अनुसार अहिले वर्तमान राजनीतिक परिस्थिति र सरकार गठबन्धनका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको छ ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटेको छैन । लिङदेनसँगै ‘प्रचण्ड’ पनि बालकोट पुगेका छन् ।