एकाएक ओलीले चेतावनी दिदै भने कसैलाई बाकीं राख्दैनौ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एकाएक ओलीले चेतावनी दिदै भने कसैलाई बाकीं राख्दैनौ



ध्रुव अधिकारी / हेटौंडा

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विखण्डन ल्याउन खोज्नेलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिएका छन् । सोमबार हेटौंडामा सम्पन्न प्रदेश ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले देशद्रोहको भावना राखेर मुलुकको समृद्धिमा बाधा सिर्जना गर्ने जोकोहीलाई नछाड्ने बताएका हुन् ।

‘लामो समय द्वन्द्व, राजनीतिक संक्रमण र अस्थिरताबाट गुज्रिएको मुलुक भर्खर समृद्धिको यात्रामा लम्किन सुरु गरेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा विभिन्न नाममा द्वन्द्व निम्त्याउने र विखण्डनकारी क्रियाकलाप गर्नेका विरुद्ध सरकार खरो रूपमा उत्रनेछ ।’

फेरि पनि विकास र समृद्धिबाट जनतालाई टाढा राख्ने खेल सुरु भएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले त्यस्ता काममा लाग्नेहरूलाई शान्तिको यात्रामा सहकार्य गर्न आह्वान गरे । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र तराईका केही समूहलाई लक्षित गर्दै चन्दाका लागि क्रान्तिको कुरा नगर्न अनुरोध गरे । ‘पृथकतावाद, द्वन्द्व, हिंसा र विखण्डन सरकारलाई सह्य हुँदैन,’ चेतावनीको भाषामा ओलीले भने, ‘शान्ति र समृद्धिको बाटो हिँड्ने हाम्रो आग्रहलाई अटेर गरेर गलत बाटो रोजे सरकार पनि हात बाँधेर बस्दैन ।’

वर्षौंपछि जनतालाई महसुस दिलाउने गरी काम थालिएको चर्चा गर्दै उनले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यसहित सरकार खटिरहेका दाबी गरे । नेपाली कांग्रेसलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जसले लडेर लोकतन्त्र ल्यायो, उसैले लोकतन्त्र मास्न खोज्छ भने त्यो कच्चा राजनीतिक दाउपेच मात्र हो ।’ सरकारले गरिबी, भ्रष्टाचार र पछौटेपनविरुद्ध आक्रामक नीति लिएको बताउँदै उनले सबैखाले सिन्डिकेट अन्त्य गर्ने गरी अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिए ।

आफू प्रधानमन्त्री भएपछि भारतसँगको सम्बन्धमा सुधार आएको दाबी गर्दै ओलीले छिमेकी र अन्तर्™ाष्ट्रिय क्षेत्रसँग शिर उच्च राखी कायम गरिएको सुमधुर सम्बन्धबाट मात्रै विकास सम्भव रहेको बताए । प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकारले काम अघि बढाएको भन्दै आयात न्यूनीकरण गर्दै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।राजधानी दैनिक